राजनीति

माओवादी केन्द्र (नेकपा) खारेजको फैसलाबिरुद्ध पुनरवलोकनमा जाने

नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेलको नाममा पहिला नै दर्ता भैसकेको र यी दुई पार्टीको एकता भंग भएको सर्वोच्च अदालतको फैसलाबिरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने भएको छ ।

पार्टी एकीकरण भएर नाम राखिएलगत्तै ऋषि कट्टेलले हालेको मुद्दामा सर्वोच्चले गत २३ फागुनमा नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेको थियो । यो फैसलासंगै संसद विघटनपछि विभाजित बनेको नेकपा अस्तित्वमा रहेन र एमाले र माओवादी केन्द्र पुनःस्थापित भएका थिए ।

मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले कानुन व्यवसायीहरुसँग छलफल गरेपछि (नेकपा)को एकता खारेज गर्ने फैसला पुनरावलोकनका लागि नेकपा माओवादी केन्द्रले निवेदन दिने भएको छ ।

कानुन व्यवसायीहरुसंगको छलफलपछि माओवादी सांसद देवेन्द्र पौडेलले अब छिट्टै फैसला पुनरवलोकनको निवेदन लिएर सर्वोच्च अदालत जाने बताउनुभयो ।

सम्बन्धित खबर

Back to top button