राजनीति

नयाँ सत्ता समीकरणको ध्येय समाजवादी मोर्चा बनाउनु होइन : महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिले नयाँ सत्ता समीकरण समाजवादी मोर्चा बनाउने उद्देश्यले नबनेको स्पष्ट पार्नुभएको छ ।

महासचिव पोखरेल

एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको बागमतीका पार्टी अध्यक्ष र पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उहाँले अहिलेको नयाँ सत्ता समीकरण मुलुकलाई नयाँ उचाइमा लैजानका लागि मात्र बनेको बताउनुभयो ।

उहाँले नयाँ सत्ता समीकरण समाजवादी मोर्चा वा वामपन्थी गठबन्धन बनाउने उद्देश्यले नबनेकोसमेत स्पष्ट पार्नुभयो । “समाजवादी मोर्चा र वामपन्थी गठबन्धन निर्माण गर्ने भन्ने उद्देश्यका लागि अहिलेको सत्ता समीकरण बनेको होइन”, उहाँले भन्नुभयो, “अहिले संसद्मा रहेको वामपन्थी दलहरूमात्रै मिलेर वैकल्पिक सरकार बनाउने अवस्था पनि छैन, मुलुकलाई नयाँ ढङ्गबाट चलाउनका लागि नयाँ समीकरण बनेको हो ।” महासचिव पोखरेलले स्थानीय तहले जनतामा आशा जगाउने काम गर्नुपर्ने जनाउँदै पूर्वाधार निर्माणमा स्थानीय तहले ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.