कोरोना संक्रमण : इटालीको स्थिति भयावह, चीनमा पूर्ण नियन्त्रण (पछिल्लो अपडेट )
विश्वलाई त्रस्त बनाइरहेको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट विश्वभर १६ हजारभन्दा बढीको ज्यान गैसकेको छ भने तीन लाख बढी संक्रमित भएका छन् । चीनको वुहानबाट फैलन सुरु भएको कोरोनाले अहिले युरोप र अमेरिकालाई बढी संक्रमित गरिरहेको छ ।
नेपालमा सरकारले आज (मंगलबार)बाट लकडाउन गरेको छ । आइतबार फ्रान्सबाट फर्केकी एक युवतीमा कोेरोना संक्रमण भएको पुष्टि भएपछि सरकारले सोमबार यस्तो घोषणा गरेको हो । नेपालमा हालसम्म दुईजना संक्रमित भएको पुष्टि भएको छ र तीमध्ये एकजना उपचारपछि घर फर्किसकेका छन् ।
पछिल्लो चीनले संक्रमण पूर्णरुपमा नियन्त्रणमा लिएको बताएको छ । उसले संक्रमित युरोपेली मुलुकहरुमा उपकरण र चिकित्सक टोली पठाइरहेको छ । अहिले सबैभन्दा बढी इटालीमा संक्रमित देखिएका छन् र मृत्युको संख्या पनि इटालीमा बढी छ ।
जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो अपडेट अनुसार इटालीमा छ हजार ७७ जनाको मृत्यु भएको छ भने ६३ हजार ९ सय २७ जना संक्रमित भएका छन् र ७ हजार ४ सय ३२ जना उपचारबाट निको भएका छन् ।
कोरोनाको संक्रमणबाट सर्वाधिक प्रभावित मुलुकको पछिल्लो स्थिति
चीन– संक्रमित: ८१,४९८ मृत्यु: ३,२७४ निको: ७२,८१९
इटाली– संक्रमित: ६३,९२७ मृत्यु: ६,०७७ निको: ७,४३२
अमेरिका– संक्रमित: ४३,९०१ मृत्यु: ५५७ निको: ०
स्पेन– संक्रमित: ३५,१३६ मृत्यु: २,३११ निको: ३,३५५
जर्मनी– संक्रमित: २९,०५६ मृत्यु: १२३ निको: ४५३
इरान– संक्रमित: २३,०४९ मृत्यु: १,८१२ निको: ८,३७६
फ्रान्स– संक्रमित: २०१२३ मृत्यु: ८६२ निको: २,२०७
द. कोरिया– संक्रमित: ८,९६१ मृत्यु: १११ निको: ३,१६६
युके– संक्रमित: ६,७२६ मृत्यु: ३३६ निको: १४०
भारत – संक्रमित: ४९९ मृत्यु: १० निको: ३४
नेपाल– संक्रमित: २ मृत्यु: ० निको: १
प्रतिक्रिया राख्नुहोस्