खेल

दशरथ रंगशालामा त्रिदेशीय फुटबल, नेपालले किर्गिस्तानसंग खेल्ने

लामो समयपछि काठमाडौंको दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता भैरहेको छ । त्रिदेशीय प्रतियोगिता अन्तर्गत नेपालले बिहीबार किर्गिस्तानको युथ २३ टोलीविरुद्ध खेल्ने छ । त्रिदेशीय प्रतियोगिताअन्तर्गत यसअघि मङ्गलबार बङ्गलादेश र किर्गिस्तानबीच पहिलो खेल भएको थियो । उक्त खेलमा बङ्गलादेशले किर्गिस्तानको यु–२३ टोलीलाई १–० गोलअन्तरले पराजित गरेको थियो । उक्त प्रतियोगितामा किर्गिस्तानका खेलाडीले आत्मघाती गोल गरेका थिए ।

जितसँगै बङ्गलादेशले तीन अङ्क बटुलेको छ । प्रतियोगिता अन्तर्गत शनिबार नेपाल र बङ्गलादेशबीच लिग चरणको अन्तिम खेल हुने छ । प्रतियागिताको आयोजना एन्फाले गरेको हो । यसअघि गत वर्ष मंसिरमा दशरथ रङ्गशालामा १३औँ दक्षिण एशियाली खेलकूद (साग) भएको थियो । त्यसयता कोरोना भाइरसको महामारीका कारण कुनै पनि अन्तर्राष्टिय फुटबल प्रतियोगिता हुन सकेको थिएन ।

प्रतियोगिताका लागि बुधबार नेपाली टोलीको घोषणा गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले किरण चेम्जोङको कप्तानीमा आज २३ सदस्यीय टोलीको घोषणा गर्नुभएको हो ।

टोलीमा गोलकिपरका रुपमा विकेश कुथु र दीपक कार्की, डिफेन्डरमा विराज महर्जन, रन्जित धिमाल, रोहित चन्द, निशान लिम्बू, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी र छिरिङ गुरुङ, मिडफिल्डरमा सुजल श्रेष्ठ, तेज तामाङ, त्रिदेभ गुरुङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल वल र रविशङ्कर पासवान तथा फरवार्डमा दर्शन गुरुङ, अञ्जन विष्ट, अविशेक रिजाल र भरत खवास रहनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.