राजनीति

नेपालको १० बुँदे प्रष्टिकरण- "अध्यक्ष ओलीले नै विधान मिचेकाले कारबाही उहाँलाई हुनुपर्ने"

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)माा पार्टी अध्यक्ष तथा प्रधानान्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरुबीचको आरोप प्रत्यारोप स्पष्टिकरण माग र प्रष्टिकरणमा पुग्दा निकै गम्भीर बनेको छ ।

पार्टीमा एक पक्षले अर्को पक्षलाई कारबाही गरेको र गर्ने भनिरहँदा अध्यक्ष ओली सहितका केन्द्रीय समिति बैठकले चार नेतालाई कारबाही किन नगर्ने भन्दै प्रष्टिकरण सोधेपछि बिहिबार नेता नेपालले १० बुँदे प्रष्टिकरण दिनुभएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीमाथि नै प्रश्न उठाउँदै दिइएको प्रष्टिकरणमा नेता नेपालले अध्यक्ष ओलीलाई सम्बोधन गर्दै नेपालले लेखेको जवाफमा आफूले नभई पार्टी अध्यक्ष ओलीले विधान उल्लंघन गरेको र उहाँमाथि नै कारबाही गर्नुपर्ने दावी गरिएको छ ।

प्रष्टिकरणमा भनिएको छ, ‘तपाईले गर्नुभएका गतिविधिहरु नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको अध्याय सातका विभिन्न धारामा स्थापित मान्यताका विपरीत हुनुका साथै धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ आकर्षित हुने भई कारबाही गरिनुपर्ने प्रकृतिको देखिन्छ ।’

हेर्नुहोस् प्रष्टिकरणको पूर्णपाठ

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.