एयर अरेबियाको विमानमा कोरोना संक्रमितसंगै थिए एक सय ६९ यात्रु
नेपालमा भेटिएका तीनजना कोरोना भाइरस संक्रमित विदेशबाट भाइरस बोकेर आएका थिए । तीमध्ये पहिलो संक्रमित उपचार गरी निको भएर फर्किसकेका छन् भने अन्य दुईजनालाई आइतबार र बुधबार फेला पारिएको थियो ।
पछिल्लो समय भेटिएका दुई संक्रमित आएको विमानका अन्य यात्रुहरुको खोजी भैरहेको छ । यसबीचमा चैत ६ गते एयर अरेबियाको उडान नम्बर जी ९५३७ विमानमा आएका धादिङका ३२ वर्षका पुरुष सवार एयर अरेबियाको विमानमा उनी बाहेक १ सय ६९ यात्रु रहेको पाइएको छ ।
अब उनीसँगै विमानमा आएका तथा काठमाडौंको होटलमा बसेकाहरुको पहिचान गर्न थालिएको छ ।
एयर अरेबियाको उडान नम्बर जी ९५३७ मा उनीसहित १७० जना यात्रु थिए ।अध्यागमन विभागले उनीहरुको सूची तयार पारेर प्रहरीलाई पठाएको छ ।
यसअघि आइतबार फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक १९ वर्षीया विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको टेकस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । यो घटनापछि नेपाल लकडाउनमा गएको थियो ।
प्रतिक्रिया राख्नुहोस्