जल/वातावरण

कोरोना संक्रमण रोक्न स्वास्थ्य मन्त्रालयले दियो सरकारलाई यस्ता सुझाव

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै गएको र यसको असर नेपालमा पनि देखा परिसकेकाले स्वास्थ्य मन्त्रालयले कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र निर्देशक समिति (सिसिएमसी)समक्ष केही सुझाव दिएको छ । मन्त्रालयले भारत तथा बेलायत, जर्मनी, फ्रान्सलगायतका देशमा कोभिड– १९ को सङ्क्रमण दर वृद्धि भएको र नेपालमा समेत यसको प्रभाव पर्नसक्ने भएकाले रोकथामका लागि प्रभावकारी कदम चाल्न सुझाव दिएको हो ।

सिसिएमसीले तराईका जिल्लामा नेपाल र भारतबीच सीमानाकाबाट नेपाल प्रवेश गर्ने क्षेत्रमा निगरानी बढाउने र केन्द्रबाट अनुमगन गर्नुपर्ने सुझाव दिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तरराष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाई स्वास्थ्य परीक्षणमा थप सक्रियता बढाउने भएको छ ।

हाल सञ्चालनमा रहेका नेपाल र भारतबीचका सीमानाकालाई कोभिड– १९ को सङ्क्रमणको अवस्था हेरी पुनरावलोकन गर्ने र सङ्क्रमण दर उच्च हुन पुगेमा नाका घटाउनेतर्फ गृह मन्त्रालयलाई आवश्यक गृहकार्य गर्न आग्रह गरिएको छ ।

यस्तै सङ्क्रमण देखिएमा छुट्टै सवारी साधनको प्रयोग गरी होम आइसोलेशनमा पु¥याउने व्यवस्था मिलाउन जिल्लास्थित डिसिसिएमसीलाई निर्देशन दिने तथा स्थानीय तहबाट होम आइसोलेशनको निगरानी बढाउने भएको छ ।

त्यस्तै पर्यटन क्षेत्रअन्तर्गत सञ्चालन हुने रात्रिकालीन कार्यक्रममा स्वास्थ्यमा मापदण्ड अनिवार्यरुपमा पालना गर्न लगाउने, राति ९ः०० बजेपछि रात्रिकालीन कार्यक्रम बन्द गर्न लगाउने र यसको अनुगमन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नुपर्नेछ ।

यसै गरी विद्यालयमा कोभिड– १९ को सङ्क्रमणबाट जोगिन स्वास्थ्यका मापदण्ड पालना भए नभएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत अनुमगन गर्न लगाउने स्वास्थ्य मन्त्रालयको सुझाव छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.