राजनीति

शेखर, सशांक र सुजाता एउटै मञ्चमा, एक कोइरालाले सभापतिको उम्मेदवारी दिने घोषणा

नेपाली कांग्रेसको भावी नेतृत्वका लागि कोइराला परिवारका तीन राजनीतिज्ञहरु शेखर कोइराला, डा. सशांक कोइराला र सुजाता कोइरालामध्ये एकजनाले सभापतिको उम्मेदवारी दिने भएका छन् । सुशील कोइरालाको निधनसंगै कांग्रेसको बाग्डोर कोइराला परिवारबाट फुत्किएका बेला तीन कोइरालाहरु एक भएका हुन् ।



नेपाली कांग्रेसको स्थापनाकालबाट मातृकाप्रसाद कोइराला, बिपी कोइराला, गिरिजाप्रसाद कोइरालादेखि सुशीलसम्म ४९ वर्ष कांग्रेसको नेतृत्व कोइरालाहरूले गरे पनि अहिले कांग्रेसमा कोइराला परिवारको पकड कमजोर भैरहेका बेला कोइरालाहरूको बिरासत कांग्रेसभित्र बलियो छ ।

पार्टीभित्र देउवा र पौडेल गुट आगामी नेतृत्व हत्याउने खेलमा लागिरहेका बेला आगामीभदौ ७ देखि १० सम्म काठमाडौंमा हुने १४ औं महाधिवेशनमा देउवालाई पछार्ने तागत पौडेलमा नभएको र कोइरालाहरु आपसी इगोका कारण एकले अर्कोलाई सहयोग गर्ने विगतलाई बिर्सदै यसपटक एउटै मञ्चमा उभिएका छन् । उनीहरूलाई एकै मञ्चमा उभ्याउने काम जिपी कोइराला फाउण्डेसनले गर्‍यो । इटहरीमा नगरस्तरीय फुटबल प्रतियोगिता उद्घाटन कार्यक्रममा शशांक, शेखर र सुजाता मात्रै होइन केन्द्रीय सदस्य प्रदीप पौडेल पनि साथै थिए ।

कार्यक्रममा बोलेका अधिकांशले कोइराला परिवारका नेताहरू मिलेर जानुपर्नेमा जोड दिए । जवाफमा सुजाताले पूर्वसभापति गिरिजाप्रसादले दोहोर्‍याइरहने कुरा सहमति, सहकार्य र एकतालाई स्मरण गराउँदै पार्टीभित्र र बाहिर सहमतिका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा कोइराला परिवारको बिरासतको विरोध गरिआएका केन्द्रीय सदस्य शेखरले पनि आफूहरू मिलेर अगाडि बढ्ने बताउनुभयो । शेखर पनि यसपटक सभापतिका लागि उम्मेदवार हुनुहुन्छ ।

सभापतिका अर्का आकांक्षी महामन्त्री शशांक पनि कोइराला परिवार मिल्नुपर्ने नेताहरूका सुझावपछि आफूहरु एक छौं र एक रहिरहने बताउनुभयो । उहाँले सहमतिबाटै पार्टी सभापतिको उम्मेदवार हुने बताउँदै तीन जनामध्ये सहमतिबाटै एकजना पार्टी सभापतिको उम्मेदवार हुने प्रष्ट पार्नुभयो ।

सम्बन्धित खबर

Back to top button