जन सरोकार

अनुदानको स्वास्थ्य सामग्री आउन ढिला हुने : उपकरण लिन नेवानिको जहाज चीन जाँदै

चीनबाट अनुदानमा आउने कोरोना संक्रमितहरुको उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा उपकरण ल्याउन ढिला हुने भएपछि सरकारले आफैं चीन गएर ती सामग्री ल्याउने भएको छ । यसका लागि शनिबार नेपाल एयरलाइन्सको जहाज चीनतर्फ जाने भएको छ ।

समाचार अनुसार नेपाल सरकारले आफ्नै खर्चमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको गोञ्जाओमा जाने र त्यहाँबाट स्वास्थ्य सामग्री संकलन गरी ल्याउने भएको हो ।

एक मन्त्रीका अनुसार चीन सरकारले अनुदानको रूपमा दिने भनेको स्वास्थ्य सामग्री आउन केही समय लाग्ने भएकोले नेपाल सरकार आफैंले स्वास्थ्य सामग्री ल्याउन लागेको हो ।

उहाँका अनुसार स्वास्थ्य सामग्री आइतबारसम्म नेपाल आइपुग्ने छ । आइतबार दिउँसो नै नेपाली सेनाले हेलिकप्टरबाट उक्त सामग्री विभिन्न स्थानमा बाँड्ने योजना सरकारको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.