राष्ट्रपति भण्डारीसँग चिनियाँ विदेशमन्त्रीको शिष्टाचार भेटवार्ता
नेपालको सम्प्रभुता र स्वतन्त्रता कमजोर पार्ने, भू–राजनीतिक खेलमा सामेल गराउने कुनै पनि प्रयासको विरोध
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आइतबार राष्ट्रपति भण्डारीलाई भेट्न विदेशमन्त्री वाङ शीतल निवासमा पुग्नुभएको थियो ।

चिनियाँ विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डल चैत ११ गते नेपालको तीनदिने भ्रमणका लागि काठमाडौं आएको थियो ।
नेपालको संसदले एमसीसी पारित गरेपछि भएको चिनियाँ विदेशमन्त्री वाङको नेपाल भ्रमणलाई आर्थिक सहायतामाभन्दा कूटनीतिक सक्रियताका रुपमा लिइएको छ ।
चिनियाँ संचारहरुले विदेशमन्त्री वाङको भ्रमणलाई त्यही रुपमा अथ्र्याएको छ । ग्लोबल टाइम्सले नेपाली अधिकारीहरुसंगको भेटमा विदेशमन्त्री वाङले चीनले नेपाललाई भूराजनीतिक खेलमा सामेल गराउने प्रयासको विरोध गर्ने बताउनुभएको उल्लेख गरेको छ ।
ग्लोबल टाइम्सले यीको भनाइ उद्धृत गर्दै लेखेको छ, नेपालको सम्प्रभुता र स्वतन्त्रता कमजोर पार्ने, अन्तरिम मामिलामा हस्तक्षेप गर्ने र देशमा भू–राजनीतिक खेलमा सामेल गराउने कुनै पनि प्रयासको विरोध गर्छ ।’
चीनले नेपालको आन्तरिक परिस्थिति र अन्तर्राष्ट्रिय परिस्थितिमा आएको परिस्थितिले दुई देशको सम्बन्धमा कुनै असर नपर्ने र दुई देशबिचको सम्बन्ध दुवै देशका नेताले तय गरेको दिशामा अघि बढ्ने पनि उहाँले बताउनुभएको छ
प्रतिक्रिया राख्नुहोस्