जन सरोकार
जब शिक्षकले आफ्नै छात्रालाई बलात्कार गर्न खोजे…

बझाङमा एक शिक्षकले छात्रालाई बलात्कार गर्न खोजेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविका शिक्षकले आफ्नै विद्यार्थीलाई बलात्कार गर्न खोजेका हुन् ।
बलात्कार गर्न खोज्ने ३१ वर्षीय जगत सिंहलाई जिल्ला प्रहरी कार्यालय बझाङले पक्राउ गरेको छ । सिंहले कक्षा ९ मा अध्ययन गर्दै गरेकी गाउँकै १४ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेका थिए ।
चैत १४ गते एक्लै पानी भर्न धारामा गएको मौका छोपी ग्वानी भन्ने ठाउँमा बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको पीडित पक्षले दिएको उजुरीका आधारमा आइतबार साँझ शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका शिक्षकलाई प्रहरी हिरासतमा राखेर घटनाका बारेमा थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताउनुभयो ।