राजनीति

नेपाल र रावल छ महिनाका लागि निलम्वित, तानाशाहीबिरुद्ध लाग्न नेपालको आव्हान

नेकपा एमालेका नेता माधवकुमार नेपाल र भीम रावललाई ५ महिनाका लागि पार्टी सदस्यबाट निलबिन गरिएको छ । सोमबार अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय नेपाल र रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले दुबै नेतालाई छुट्टाछुट्टै पत्र पठाएर आपराधिक कृयाकलापहरु स्वीकार्ने, भूल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतिका लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरेका गलत तथा अपराधिक क्रियाकलापहरुप्रति प्रायश्चित गर्ने अवसरलाई त्यसै गम्भीरताका साथ लिनुको साटो तपाईंले उल्टै स्पष्टीकरण सोध्ने जस्तो अनाधिकृत र हास्यापद कार्य गरेको देखिएको उल्लेख गर्नुभएको छ ।

अध्यक्ष ओलीपक्षीय केन्द्रीय सदस्यहरु मात्र उपस्थित भएको ७ चैतको केन्द्रीय कमिटी बैठकले पार्टी हित विपरीत गुटगत भेला गरेको लगायतका आरोप लगाएर नेपाल र रावलसँगै घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेको थियो ।

प्रधानमन्त्री ओलीले निलम्बन सच्चिने अन्तिम अवसर भएको भन्दै नेताद्वयले अहिलेको गतिविधि कायम राखे थप कडा कारबाही गर्ने चेतावनी समेत दिनुभएको छ ।

यसबीच नेता माधवकुमार नेपालले आफूलाई ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गर्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णय चरम असहिष्णु भएको प्रतिक्रिया दिंदै ओलीको तानाशाहीको विरुद्धमा जुध्न र क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा लाग्न कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।

सम्बन्धित खबर

Back to top button