विश्व समाचार

बेलायतमा विद्यार्थीबाट शिक्षक दुर्व्यवहारको शिकार

नेपालममा शिक्षकबाट विद्यार्थीको दुर्व्यवहारका समाचारहरु एकपछि अर्को गर्दै सार्वजनिक हुने क्रमले निरन्तरता पाइरहेका बेला बेलायतमा भने यसको ठीक विपरीका घटना बढेको छ ।

महामारीपछि विद्यार्थीहरूको व्यवहारमा आएका परिवर्तनहरूसँगै बेलायतका लगभग पाँचमध्ये एक शिक्षक आफु विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बिहीबार सार्वजनिक सर्वेक्षण रिपोर्टले खुलासा गरेको हो ।

शिक्षा प्रमूख अमाण्डा स्पिलम्यानले गत वर्ष कोभिड लकडाउनका कारण सामाजिकीकरणमा भएको समस्याको फलस्वरुप राष्ट्रव्यापीरूपमा कक्षा कोठामा अपमानजनक व्यवहारमा वृद्धि भएको रिपोर्टसँगै यो निष्कर्ष आएको हो ।

बेलायतका विद्यालय निरीक्षण एजेन्सीका निवर्तमान प्रमुख अफस्टेडले शिक्षक र अझ बढी प्रधानाध्यापकको अत्यधिक समय लिइरहेको यो समस्याको समाधान हुन वर्षौँ लाग्ने बताउनुभयो ।

‘टिचर ट्याप’ सर्वेक्षण उपकरणको प्रयोग गरी बीबीसीले फेब्रुअरी र मार्चमा गरेको करिब नौ हजार विद्यालय कर्मचारीहरूको सर्वेक्षणमा पनि तीस प्रतिशत शिक्षकहरूले अघिल्लो हप्ता विद्यार्थीहरू शिक्षकसँग झगडा गरिरहेको देखेको बताएका थिए ।

एघारदेखि अठार वर्षका विद्यार्थीहरूसँग काम गर्ने १५ प्रतिशत शिक्षकहरूले आफूले विद्यार्थीहरूबाट यौन उत्पीडन अनुभव गरेको बताएका थिए ।

शिक्षक सङ्घ ( एनएएसयुडब्लुटी) ले कर्मचारीहरूले अत्यधिक तनाव अनुभव गरिरहेको भन्दै हडताल गर्ने सोच बनाइरहेको छ । सङ्घले आफ्ना सदस्यसँग तलब, कामको बोझ र उनीहरूको कल्याणका विषय नवीकरण गर्ने औद्योगिक कारबाहीका लागि परामर्श गरिरहेको र आगामी दिनमा नतिजा घोषणा गर्ने बताएको छ ।

एनएएसयुडब्लुटीका महासचिव प्याट्रिक रोचले भन्नुभयो, “बेलायतका शिक्षकहरूले कामको अत्याधिक बोझ र तनाब अनुभव गरिरहेका छन् । उनीहरूको अधिकारमा सुधार नगरी उनीहरू अघि बढ्न सक्दैनन् ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.