ख्यातिप्राप्त हास्य कलाकार शिमुरा केनको कोरोना संक्रमणबाट मृत्यु
कोरोना भाइरस संक्रमणबाट ग्रस्त जापानमा ख्यातिप्राप्त हास्य कलाकार शिमुरा केनको कोरोना संक्रमणको उपचारका क्रममा निधन भएको छ । ७० वर्षीय शिमुराको टोकियोको एक अस्पतालमा उपचारको क्रममा आइतवार राति निधन भएको हो ।
यही मार्च १७ मा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका उहाँलाई २५ तारिखका दिन अस्पतालले कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको थियो । उमेरले ७० टेके पनि पछिल्ला दिनहरुसम्म हास्य ब्यंग्यको क्षेत्रमा उत्तिकै सक्रिय शिमुराले हाँसिल गरेको लोकप्रियता र उचाई जापानको इतिहासमा अग्रपंत्तिमा रहेको बताइन्छ ।
सामाजिक विकृति र विसंतिलाई हाँस्य विधामार्फत सरल र सहज ढंगले पस्कन सक्ने अदम्य क्षमता भएका शिमुराको निधनले जापानभित्र मात्रै नभएर विश्वकै हास्यक्षेत्रका लागि अपुरणीय क्षति भएको विश्लेषकहरु बताउँछन् ।
क्यारिकेचरमा समेत अब्बल दखल राख्ने शिमुराको हास्य कार्यक्रम बालबालिका, युवा, पाका सबै उमेर समूहका दर्शकका लागि रोजाईमा पर्दै आइरहेको थियो ।
सन् १९५० मा टोकियोको हिगासी मुरायामामा जन्मिएका शिमुरा हाइस्कुल विद्यार्थी छँदा नै इकारिया र चोसुके लगायतका कलाकारहरुले नेतृत्व गरेको ’द ड्रिफ्टर्स’ नामक कमेडियन ब्याण्डमा सदस्य भएका थिए । त्यसपछि सन् १९७४ मा अफिसियल सदस्यका रुपमा विभिन्न भेराइटिज शोहरुमा उनी सक्रिय रहँदै आएका थिए ।
‘एट ओ-कल्कक’, ’अल मेम्बर ग्यादरिङ’, ’हिगाशी मुरायामा ओन्दो’, ’हिगे डान्स’ लगायतका टेलिभजिनका लोकप्रिय हास्य कार्यक्रमहरु मार्फत उनी उदाएका थिए । यसका साथै ’बाका दोनो’, ’वेयर्ड अंकल’, ’इन, डफी’ जस्ता थुप्रै लोकप्रिय कार्यक्रमहरु मार्फत टेलिभिजनका पर्दामा देखिदैं लोकप्रियताको उचाई हासिल गर्दै आएका थिए ।
प्रतिक्रिया राख्नुहोस्