राजनीति

एमाले र माओवादी केन्द्रको एकता भंग गरेको सर्वोच्चले फैसला सच्याउने विश्वास

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा अरुकै नाममा दर्ता रहेको भन्दै दुई पार्टीको एकता भंग गरी एमाले र माओवादी केन्द्र अलग हुने गरी फैसला गरेपछि यसको पुनरावलोकनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चमा निवेदन दिनुभएको छ ।

गत फागनु २३ गते नेकपाको नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकता अस्वीकार गर्दै दुबै पार्टी अलग अलग हुने फैसला सुनाएपछि मंगलबार अध्यक्ष प्रचण्डले सो फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमा निवेदन दिनुभएको छ ।

निवेदन दिएपछि पत्रकारहरुसँग एकतावद्ध भइसकेका दललाई विभाजित गर्ने राजनीतिक काम अदालतलेगरेको हुँदा सो फैसला सर्वोच्च अदालतले सच्याउने विश्वास व्यक्त गर्नुभयो ।

अदालतको उक्त फैसला अस्वाभाविक, अप्राकृतिक र राजनीतिक प्रकृतिको भएको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले विगतमा पनि गरेका फैसलामा टिप्पणी भयो र पुनरावलोनको प्रश्न उठ्यो भने पुनरावलोकन गर्ने गरेको र अहिले पनि उक्त फैसला पुनरावलोकन हुने विश्वास आफूहरुको रहेको बताउनुभयो ।

रिट निवेदकले पार्टी एकता टुटोस् भन्ने चहाना राखेको पनि थिएन, नाम मात्र करेक्सन होस् भन्ने चाहना रहेकाले एकता नै भंग गर्ने फैसला पक्कै पनि सर्वोच्चले पुनरावलोकन गर्ने प्रचण्डले विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित खबर

Back to top button