राजनीति

बौद्ध दर्शन नै बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शन भएको बताउनुभएको छ ।

बुधबार बिहान बिमस्टेकको पाँचौँ शिखर सम्मेलनलाई भर्चुअली सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बिमस्टेक क्षेत्रलाई जीवन्त र संगठित बनाउनका लागि बौद्ध दर्शन पर्वद्धन गर्नुपर्ने बताउँदै सो भनाइ राख्नुभएको हो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने बुद्धिस्ट सर्किटलाई छिट्टै सञ्चालनमा ल्याइनुपर्नेमा जोड दिनुभयो ।

बुद्धको जन्मस्थल लुम्बिनी, बुद्धत्व प्राप्त गरेको बोधगया, धर्मको प्रचार सुरु भएको सारनाथ र बुद्धले महापरिनिर्वाण प्राप्त गरेको कुशीनगरलाई जोड्ने गरी बुद्धिस्ट सर्किट योजना अघि सारिए पनि सञ्चालनमा भने आएको छैन ।

त्यस्तै प्रधानमन्त्री देउवाले प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा जलवायु संकटले हिमाल र महासागरबीचको जैविक सम्पर्कलाई असर गरिरहेकोतर्फ ध्यानाकर्षण गराउँदै फर्कन नसक्ने गरी आउने संकटभन्दा पहिले नै कडा कदम चाल्नुपर्ने बताउनुभयो ।

त्यस्तै प्रधानमन्त्री देउवाले खोप र स्वास्थ्य प्रणाली तथा सामाजिक सुरक्षामा सबैले लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.