काठमाडौंमा जारी त्रिकोणात्मक टी २० श्रृंखलाको दोस्रो खेलमा नेपालले मलेसयामाथि सानदार जीत दर्ता गरेको छ । आज सम्पन्न खेलमा मलेसियालाई नेपालले ६ विकेटले पराजित गर्दै श्रृंखलामा दोस्रो जीत दर्ता गरेको हो ।

मलेसियामाथि सहज जीतमा नेपाली बलरहरुको प्रदर्शन उत्कृष्ट रह्यो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११४ रनको योगफल बनायो ।
११५ रनको विजयी लक्ष्य नेपालले १३.४ ओभरको समाप्तिमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि आसिफ शेखले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो अर्धशतक बनाए । उनले ५७ रन बनाएर आउट भए ।
ओपनर कुशल भुर्तेललाई १ रनमै गुमाएर दवावमा परेको नेपालको पारी आसिफ र रोहित पौडेलले उकास्ने जमर्को गरे पनि पौडेल १२ रनमा आउन हुन पुगे भने अर्का ओपनर दीपेन्द्रसिंह ऐरी २१ रनमा आउन भए । नेपालका लागि विजयी रन बनाउने क्रममा दिलिप नाथले १७ र कुशल मल्ल २ रनमा अविजीत रहे ।
यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाका लागि जुबाइदी जुल्किफ्लेले ३२ रनको योगदान दिए भने कप्तान अहमद फाजीले २४ रन जोडे । त्यसैगरी सेइद अजिजले १४, शर्भिन मुनियनडीले नौ, मुहमद अमिरले १६ तथा विजय उन्नीले तीन रनको योगदान गरे ।
बलिङमा करण केसी र कप्तान सन्दीप लामिछानेले २-२ विकेट लिए । करणले ३ ओभरमा १६ रन मात्र खर्चिए भने सन्दीपले ४ ओभरमा २७ रन खर्चिए ।
किफायती बलिङ गरेका दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा १ मेडन राख्द १४ रन खर्चेर १ विकेट लिए । यस्तै अविनाश बोहरा र कुशल मल्लले पनि १-१ विकेट लिए । उक्त सिरिजमा नेपाल र मलेसियाले पपुवा न्युगिनीलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्