राजनीति

चितवन २ मा रवि लामिछानेसंग कांग्रेसका जीतनारायण भिड्ने

वैशाख १० गते हुने चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा यसअघि सोही क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसंग नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठलाई खडा गरेको छ ।

बिहिबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले चितवन २ मा प्रतिनिधि सभा सदस्यका लागि जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसअघि चितवन कांग्रेसले सो क्षेत्रका लागि यसअघि पराजित उमेशलाल श्रेष्ठसहित एक दर्जन आकांक्षीको नाम सिफारिश गरेर पठाएको थियो । श्रेष्ठ चितवन कांग्रेसका पूर्व जिल्ला सभापति हुनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.