जन सरोकारस्वास्थ्य

अहिलेको ज्वरो, रुघा-खोकी वेवास्ता नगर्दा राम्रो

नेपालमा कोरोना भाइरस संक्रमणको चर्चा चल्न छाडेको छ । हुन पनि नेपालमा अधिकांशले कोरोना बिरुद्धको खोपको दुई मात्रा र धेरैले अतिरिक्त मात्रा लगाइसकेका छन् ।

खोप लगाएपछि कोरोना सर्दैन भन्ने भ्रमले पनि व्यापकता पाइरहेकै बेला भारतमा कोरोना संक्रमण बढेको छ र नेपालमा पनि केही दिनयता संक्रमितहरु विस्तारै बढ्न थालेका छन् ।

रुघाखोकीको सिजन र कोरोना संक्रमित बढदै जाँदा आम मानिसले यसको लापरवाही गरेको पाइए पछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए भने कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरेको छ ।

यसै गरी मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.