जापान

विश्वका एक तिहाई देशमाथि यात्रा प्रतिबन्ध लगाउने जापानको तयारी

प्रधानमन्त्री शिन्जो आबे

जापान सरकारले विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमण बिस्फोटक रुपमा फैलन थालेपछि कोरोनाबाट अत्यधिक प्रभावित देश अमेरिकाबाट आउन र त्यता जान प्रतिबन्ध लगाउने योजनामा रहेको छ ।

यसअघि जापानले अमेरिका, चीन, दक्षिण कोरिया र युरोपका सम्पूर्ण देश तथा दक्षिणपूर्वी एसियाका केही भागबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको थियो ।

अब अमरिकाको सबै क्षेत्रमा यात्रा प्रतिबन्ध लगाउने तयारी गरेको छ । एनएचकेका अनुसार अमेरिकामा कोरोना भाइरस संक्रमणको तीब्र वृद्धि भैरहेपछि जापानले अमेरिकाको यात्रा प्रतिबन्धपछि जापान प्रवेशको दुई हप्ताअघि अमेरिकामा रहेका मानिसलाई प्रतिबन्ध लगाउने छ ।

त्यसै गरी सरकारले चीन, दक्षिण कोरिया, बेलायत र युरोपका अधिकांश क्षेत्र र थाइल्याण्ड लगायत दक्षिणपूर्वी एसियाकाा केही क्षेत्रलाई पनि सोही स्तरको प्रतिबन्ध लगाउने योजना बनाइरहेको छ । यो निर्णयपछि विश्व्का लगभग एक तिहाई देश तथा क्षेत्रका नागरिकलाई विशिष्ठ परिस्थिति बाहेक जापान प्रवेशमा प्रतिबन्ध लगाइने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.