राजनीति

केही नेतालाई संकट पर्यो होला देशलाई संकट परेको छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीे देशलाई कुनै संकट नपरेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २३औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले बाहिर चर्चा भएजस्तो देशमा कुनै संकट नरहेको स्पष्ट पार्नुभएको हो ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले देश संकटमा नपरेको गर्दै बरु, केपी ओली, प्रचण्ड र माधव नेपाललाई संकट परेको होला तर देशलाई संकट नपरेको दावी सहित गणतन्त्रलाई विमारी नलागेको दावी गर्दै चुनाव गर्दा लोकतन्त्रलाई खतरा कसरी पर्छ भन्दै प्रतिपश्न गर्नुभयो ।

प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि अबको २० महिनामा नियमित प्रक्रियाबाटै पनि चुनाव हुने भन्दै त्यसले कसरी लोकतन्त्रलाई खतरामा पार्छ भन्दै प्रश्न गर्नुभयो ।

प्रतिनिधिसभा विघटनको सिफारिश अदालतले बदर गरेको उल्लेख गर्दै आफू कुनै आवेश र उत्तेजनामा नआएको स्मरण गराउँदै अदालतको फैसलालाई आफूहरुले मान्ने र कार्यान्वयन गर्ने पनि सुनाउनुभयो ।

संसद् पूनःस्थापना हुँदा अदालतलाई गुणगान गर्दै अविर जात्रा गरेको भन्दै प्रचण्ड र माधव नेपालतर्फ ईंगित गर्दै पछि उनीहरुले नै फेरि अदालतको आदेशको आलोचना गरेको टिप्पणी गर्नुभयो ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले आगामी दिनमा अझै बढी जनताको विश्वास आर्जन गर्न सकोस भन्ने शुभकामना दिंदै क्लबले मिशन पत्रकारिताभन्दा पनि निश्पक्ष र स्वच्छ पत्रकारिता गरेको विश्वास दिलाउनुभयो ।

सम्बन्धित खबर

Back to top button