राजनीति

गठबन्धन समझदारीपूर्वक चुनावमा जाने, तल्लो तहको जिम्मा स्थानीय तहलाई नै

स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा आबद्व दलहरू एकताबद्व भएर जाने सहमति भएको बताइएको छ । सहमति अनुसार महानगरपालिकाका हकमा केन्द्रबाट निर्णय हुनेछ भने बाँकीमा स्थानीय तहले नै निर्णय गर्नेछन् ।

बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एकताबद्व भएर जाने समझदारी बनाएको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिनुभयो ।

नेता खनालका अनुसार स्थानीय निर्वाचनमा एकताबद्ध भएर जाने समझदारी बनेको र महानगरपालिकाको विषयमा केन्द्रबाटै निर्णय लिने र अन्य स्थानीय तहको हकमा तल्ला तहलाई नै निर्णय गर्न दिने सहमति भएको छ ।

यो समझदारीलाई कार्यान्वयन गर्न गठबन्धनका सबै दल सम्मिलित संयन्त्र बनाएर बाँकी प्रक्रियाका कामलाई अघि बढाउने निर्णय पनि भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो ।

त्यसै गरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.