राजनीति

पीडितलाई न्याय हुने गरी काम गर्नुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउँदा पीडितलाई न्याय हुने गरी काम गर्नुपर्ने बताउनुभएको छ ।

रिपोटर्स क्लब नेपालले बिहीबार आयोजना गरेको अन्तरक्रियामा उहाँले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउँदा पीडितलाई अन्याय हुने गरी नभई न्याय हुने गरी काम गर्नुपर्ने बताउनुभयो । “उपयुक्त ढङ्गले अन्तर्राष्ट्रिय मूल्य–मान्यता, सर्वोच्च अदालतको फैसला र पीडितले न्याय पाउने सुनिश्चिताको आधारमा शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो ।

सङ्क्रमणकालीन न्याय पीडितलाई उपलब्ध गराउनुपर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.