सुनको मूल्य प्रतितोला एक लाख नौ हजार दुई सय
नेपालको सुनचाँदी बजारमा आज (शुक्रबार) छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक हजारले बढेको छ ।

अघिल्लो दिन प्रतितोला रु एक लाख आठ हजार २०० मा कारोबार भएको सुनको मूल्य आज रु एक लाख नौ हजार दुई सय तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख आठ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख सात हजार सात सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पच्चीसले बढेर रु एक हजार चार सयमा कारोबार भएको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । सुनको मूल्यले गत आइतबार (चैत ५) गते रेकर्ड कायम गरेको थियो । स्थानीय बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १० हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ९ हजार ५०० मा कारोबार भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्