राजनीति

प्रदेश प्रमुख झाको आधा तलब राष्ट्रिय अनुसन्धान केन्द्रलाई

प्रदेश नं. २ का प्रमुख डा राजेश अहिराजले आफ्नो पहिलो महिनाको पारिश्रमिकको आधा रकम महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्नुभएको छ ।

उहाँले मंगलबार केन्द्रको भ्रमण निरीक्षण गर्दै आफ्नो पहिलो महिनाको पारिश्रमिकको आधा रकम केन्द्रलाई सहयोग गर्नुभएको हो । सो अवसरमा प्रदेश प्रमुख डा अहिराजले प्रदेश नं २ मा पनि केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिदैं यसका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

केन्द्रका सञ्चालक पुनले प्रदेश नं २ मा केन्द्र स्थापना गर्न आफू इच्छुक रहेको बताउँदै त्यसका लागि जग्गा र बजेटको व्यवस्थापन सहयोग गर्न आग्रह गर्नुभयो ।

सम्बन्धित खबर

Back to top button