जन सरोकार

६३ वर्षीया आमा बलात्कार गर्ने २३ वर्षीया छोरालाई जन्मकैदको फैसला

इलाममा एक २३ वर्षीया युवालाई सौतेनी आमालाई बलात्कार गरेको अभियोगमा जन्मकैदको फैसला गरिएको छ । ती युवाले त्रिसट्ठी वर्षीया सौतेती आमालाई बलात्कार गरेको प्रमाणित भएपछि ६० हजार जरिवाना र जन्मकैद को फैसला गरिएको हो ।

जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु ६० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फणिन्द्र भट्टराईले बताउनुभयो ।

विसं २०७७ भदौ ७ गते राति भान्साघरमा सुतिरहेकी आमालाई आरोपितले भित्रबाट लगाएको ढोकाको चुकुल हातले खोलेर भित्र पसी बलात्कार गरेको पाइएको भट्टराईले जानकारी दिनुभयो । भदौ ८ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

आरोपितलाई भदौ १० गते प्रहरीले गिरफ्तार गरेको थियो । पीडितको भदौ ८ गते इलाम अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.