राजनीति

एमाले र माओवादी एकता भंग गर्ने फैसलाको पुनरावलोकन नहुने

सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदर गर्ने निर्णयको पुनरावलोकन नगर्ने भएको छ । पार्टी एकता भंग भएपछि यसको पुनरावलोकनका लागि मंगलबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सर्वोच्च जानुभएको थियो ।



यस विषयमा बिहिबार सर्वोच्च अदालतले माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार दिएको पुनरावलोकन सम्बन्धी मुद्दामा अनुमति नहुने आदेश दिइएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीशद्धय तेजबहादुर केसी र प्रकाश ढुंगानाको पूर्ण इजलासले पुनरावलोकन नगर्ने आदेश दिएको हो ।

फागुन २३ गते न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपा ऋषि कट्टेलको हुने ठहर गर्दै साबिक नेकपाको एकता बदर गरेपछि प्रचण्ड अदालत पुग्नुभएको थियो ।

सम्बन्धित खबर

Back to top button