जल/वातावरण

काठमाडौं भित्रिनेमाथि कडाई, रुघा र ज्वरो आएकालाई पिसिआर अनिवार्य

छिमेकी मुलुक भारत लगायत विश्वका अधिकांश देशमा कोरोना संक्रमणको नयाँ लहर सुरु भएपछि नेपालमा पनि यसको जोखिम बढेकाले राजधानी काठमाडौं भित्रिने नाकामा सुरक्षा जाँचमा कडाई गरिएको छ । कोरोना महामारीको जोखिम दोहोरिने खतरा बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका भित्रिने नाकामा निगरानी बढाएको हो ।

बुधबारै स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा कोरोना परीक्षण गर्ने बताएसंगै उपत्यका भित्रिने नाकामा अहिले ज्वरो आएका तथा रूघाखोकी लागेका व्यक्तिहरूलाई अनिवार्य पिसिआर परीक्षणमा पठाइन थालेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली पराजुलीका अनुसार ‘केही दिनयता रूघाखोकी र ज्वरो आएका व्यक्तिहरूलाई परीक्षणमा पठाउने गरिएको छ । र परीक्षणको जिम्मा स्वास्थ्य कार्यालयलाई दिइएको छ । त्यसो त नाकाहरूमा ज्वरो नाप्ने कार्य पहिलेदेखि नै लागू गरिएको थियो भने अहिले ज्वरो मापनलाई अरु प्रभावकारी बनाइएको छ ।

विभिन्न नाकाबाट उपत्यका छिर्ने व्यक्तिहरूलाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले सोधीखोजी गर्ने र लक्षण देखिएकालाई पिसिआर परीक्षण गर्न पठाउने गरेका छन् ।

सम्बन्धित खबर

Back to top button