जन सरोकार

व्यवसायीको गैरव्यावसायिक कदम, पेट्रोलियम पदार्थको लोड/अनलोड ठप्प

मुलुकमा इन्धनको संकटको अवस्था देखापरेको छ । आफूहरुको कमिशन वृद्धि लगायतका माग राख्दै राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले शुक्रबारदेखि अत्यावश्यक पेट्रोलियम पदार्थको लोड/अनलोड ठप्प पारेको छ ।

भारतीय भन्सारमा रोकिएका ट्याङ्कर नेपाल भित्रिए

जसले गर्दा पम्पहरुबाट हुने इन्धनको बिक्री वितरणमा असर परेको छ । दिउँसो एक बजेसम्म आर्मी, नेपाल प्रहरी, ससस्त्र प्रहरी र साझा बाहेक निजी पम्पले तेल लोड गरेका छैनन् ।

केही व्यवसायीहरुले थानकोट र अमलेखगन्ज डिपो समेत घेराउ गरेका छन् भने आइतबारबाट बिक्री नै ठप्प पार्ने चेतावनी व्यवसायीले दिएका छन् । अत्यावश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन २०१७ अनुसार अत्यावश्यक वस्तु आपूर्तिमा बन्द–हडताल गर्न पाइँदैन । २

०७७ मंसिर १५ मा सरकारले जारी गरेको राजपत्रमा २५ वटा क्षेत्रमध्ये एलपी ग्याससहित पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवासमेत उल्लेख गरिएको छ ।

तर, ऐन कानुन विपरीत अत्यावश्यक वस्तुको रुपमा रहेको इन्धनको लोडिङ नै बन्द हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणको दैनिकीमा परेको छ ।

उनीहरुले इन्धन ढुवानी भाडालाई डिजेलको मूल्य अनुपातमा घटबढ हुनेगरी स्वचालित प्रणाली कायम गर्नुपर्ने, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन वृद्धि गर्नुपर्ने लगायत माग राख्दै करिब दुई सातादेखि आन्दोलन गरिरहेका उनीहरुले शुक्रबार डिपोबाट इन्धन लोडरअनलोड नै बन्द गरेका हुन् ।

यस विषयमा नेपाल आयल निगमले भने जायज माग सम्बोधन गरिदिने बताउँदै व्यवसायीले एकतर्फी रुपमा इन्धनको बिक्री वितरण अवरोध गरेको आरोप लगाएको छ ।

निगमका प्रबक्ता बिनितमणि उपाध्यायले जायज माग सम्बोधन गर्नका लागि केही समय माग गरेको बताउँदै पटकरपटक व्यवसायीले एकतर्फी आन्दोलन गरिरहेको र शुक्रबार नै बिक्री प्रभावित बनेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.