खेल

त्रिदेशीय नेशन्स कपबाट एक करोड ७३ लाख आम्दानी, टिकटबाट मात्रै एक करोड ३६ लाख

कोरोना महामारीका कारणा विश्वका चर्चित क्लबहरुबीचको फुटबल दर्शकविना संचालन भैरहे पनि नेपालमा भने लामो समयपछि आयोजित अन्तर्राष्ट्रिय प्रतियोगिता भरिभराउ दर्शकहरुकाबीच सम्पन्न भयो । सो प्रतियोगिताबाट एन्फाले कुल ७३ लाख ३५ हजार ५ सय रुपैयाँ गरेको छ ।

worldondemand
mirai-life

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपाल विजयी भएको त्रिदेशीय नेसन्स कप फुटबल प्रतियोगितामा टिकट विक्रीबाट मात्रै एक करोड ३६ लाख ३५ हजार ५ सय रुपैयाँ आम्दानी गरेको छ भने मैदान वरिपरि राखिएका विज्ञापन बोर्ड र टेलिभिजन प्रसारण अधिकार बिक्रीसहित एन्फाले उक्त प्रतियोगिताबाट १ करोड ७३ लाख ३५ हजार ५ सय रुपैयाँ आम्दानी गरेको हो ।

फाइनलमा मात्रै टिकट बिक्रीबाट ७४ लाख ७९ हजार रुपैयाँ आम्दानी गरेको छ । एन्फाले ‘इन्टरनेसनल विन्डो’ मा आयोजना गरेको त्रि–देशीय प्रतियोगिताको लागि १ करोड ६ लाखको बजेट बनाएको थियो ।

एन्फा प्रवक्ता किरण राईका अनुसार फाइनलमा भीआईपी प्यारापिटतर्फका ९७७ टिकट बिक्री भएको थियो भने साधारणतर्फ ५,५२५ टिकट बेचिएको थियो ।

टिकटको मूल्य फाइनलमा भीआईपीतर्फ २ हजार रुपैयाा र साधारणतर्फ १ हजार राखिएको थियो । समूह चरणका तीन खेलमा भीआईपीतर्फ १,५०० र साधारणतर्फ ७०० मा बेचिएको थियो । टिकट बिक्रीबाट पहिलो खेल (बंगलादेश १–० किर्गिस्तान यू २३) मा ६६,२००, दोस्रो खेल (नेपाल ०–० किर्गिस्तान यू २३) मा १७,३९,००० र तेस्रो खेल (नेपाल ०–० बंगलादेश) मा ४३,५१,००० उठाइएको थियो ।

प्रवक्ता राईले भने, ‘मैदान वरिपरि राखिएका रनिङ बोर्ड (विज्ञापन) मा चौधरी ग्रुप, नेपाल इन्भेष्टमेन्ट बैंक, मिडिया हबबाट ५–५ लाख र केटीएम सिटीबाट २ लाख आम्दानी भयो । नेपाल टेलिभिजनको पुरानै सम्झौताअनुसार टेलिभिजन प्रसारण अधिकारबाट २० लाख कमाइ भएको छ ।’

यही प्रतियोगिताको सफलताका आधारमा नेपाली टिमका कप्तान किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीको मनोनयनमा परेका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ मा किरणसहित १० खेलाडी छन् ।

सम्बन्धित खबर

Back to top button