जन सरोकार

मेलम्ची पानी वितरणको औपचारिक शुभारम्भ- तीन वर्षभित्र याङ्ग्री र लार्केको पानी ल्याइने

उपत्यकाबासीको दुई दशकभन्दा लामो समयदेखिको प्रतिक्षा सकिएको छ । चैत १५ देखि काठमाडौंमा वितरण हुन थालेको मेलम्चीको पानी औपचारिक रुपमा उद्घाटन भएको छ ।



राष्ट्रपति विदादेवी भण्डारीले शुक्रबार भृकुटी मण्डपमा आयोजित कार्यक्रममा ढुंगेधाराबाट पानी खसालेर उद्घाटन गर्नुभएको छ । मेलम्चीको पानी काठमाडौं उपत्यकाको चक्रपथभित्र वितरण हुनेछ ।

उदघाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानीले मात्र काठमाडौंको माग पूर्ति नहुने भएकाले अबको तीन वर्षभित्र याङ्ग्री र लार्केको पानी ल्याउने बताउनुभयो ।

मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी ल्याउनुपर्ने बताउँदै मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको र प्राविधिक रुपमा कति लाग्छ थाहा छैन, तर तीन वर्षभन्दा बढी लाग्नु नहुने स्पष्ट गर्नुभयो ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी हाल काठमाडौं उपत्यकाका १५ हजार घरधुरीमा परीक्षणका रुपमा पानी वितरण गरिएको मेलम्ची खानेपानी आयोजना विकास समितिका प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिनुभयो ।

सम्बन्धित खबर

Back to top button