राजनीति

प्रधानमन्त्री ओलीले एक हप्ताभित्र विश्वासको मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले अबको एक हपताभित्र संसदमा विश्वासको मत लिने खुलासा नेकपा एमालेका एक नेताले गरेका छन् । एमाले सांसद तथा युवा नेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक हप्ताभित्र संसद्मा विश्वासको मत लिने जानकारी दिनुभएको हो ।



शुक्रबार फुङ्लिङमा आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको जिल्ला कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्रीकै पहलमा गौरवको आयोजना तमोर कोरीडोरले गति लिँदै गएको नेता बस्नेतले बताउनुभयो ।

प्रधानमन्त्री ओलीकै पहलमा देशले विकासको गति लिँदै लिएको दावी गर्द उहाँले विश्वासको मत प्राप्त गर्ने विश्वास समेत गर्नुभयो ।

उहाँले कम्युनिष्ट आन्दोलन भित्रका विकृति र विसङ्गतिहरूको अन्त्यका लागि सरकार र पार्टीविरुद्ध लाग्ने नेताहरूलाई कारबाही गर्ने, स्पष्टीकरण सोध्ने र सच्चिएर पार्टीमा फर्कने अवसर प्रदान गर्ने एमाले केन्द्रीय कमिटीको निर्णयअनुसार नै पार्टी अध्यक्षले कदम चालेको बताउनुभयो ।

सम्बन्धित खबर

Back to top button