विश्व समाचार

भारतमा कोरोनाबाट एकैदिनमा ८१ हजार सङ्क्रमित, ४६९ जनाको मृत्यु

भारतका कोरोना भाइरसबाट सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या दिन प्रतिदिन तीव्र रुपमा बढ्दै गइरहेको छ । सरकारी अधिकारीले शुक्रबार दिएको जानकारी अनुसार भारतमा एकै दिनमा थप ८१ हजार ४६६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

त्यसैगरी ४६९ जनाको पछिल्लो २४ घण्टामा कोरोनाकै कारण मृत्यु भएको पनि अधिकारीले जनाएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक करोड २३ लाख तीन हजार १३१ पुगेको छ ।

भारतमा कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको कूल सङ्ख्या भने एक लाख ६३ हजार ३९६ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । भारतमा अहिले पनि छ लाख १४ हजार ६९६ जना कोरोनाबाट सङ्क्रमित अवस्थामै रहेका छन् ।

सङ्क्रमित र मृतकहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गए पनि राजधानी दिल्लीमा भने लकडाउन लागू गर्ने कुनै योजना नरहेको मुख्यमन्त्री अरविन्द केजरीवालले बताउनुभएको छ । महामारी फैलिँदै गएकाले फेरि लकडाउन लागू हुने आशङ्का र चर्चा चलिरहेका बेला शुक्रबार उहाँले लकडाउन लगाउने योजना नरहेको स्पष्ट पार्नुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.