जन सरोकार

निस्क्रिय कानुनको आडमा पीडितलाई सजायँ, न्याय परिषदले छानबिन गर्दै

एउटा बलात्कारको मुद्दामा निस्क्रिय कानुनको सहारा लिएर अछाम जिल्ला न्यायाधीश नवीनकुमार जोशीले पीडित युवतीलाई नै जेल सजायँ तोकेपछि न्याय क्षेत्रमा हल्लीखल्ली मच्चिएको छ ।

सुरुमा बलात्कार भएका उजुरी दिए पनि पछि सहमतिमा यौन सम्बन्ध रहेको भनेर बयान फेरको आधारमा न्यायाधीश जोशील पुरानो कानुन तोकेर झुठा मुद्दाा लगाएको आरोपमा युवतीलाई साँढे ३ वर्ष जेल सजाय तोकेपछि यस विषयमा न्याय परिषदले छानबिन गर्ने भएको छ ।

अदालतले बयान फेर्ने आधारहरु अनेक हुनेतर्फ हेक्का नराखी हुँदै नभएको कानुन उद्धृत गरेर बलात्कार भयो भन्दै न्यायको खोजीमा आएकी युवतीलाई नै साँढे तीन वर्ष सजाय तोकेको थियो ।

यो घटनापछि न्यायाधीशको कार्यक्षमता र बदनियतमाथि छानबिन तथा कारबाही गर्ने अधिकार पाएको न्यायपरिषद्ले बुझ्ने काम भइरहेको जनाएको छ ।

परिषदका प्रवक्ता मानबहादुर कार्कीले ऐनमा नभएको प्रावधानमा आधारित भएर सजाय गरेकोबारे समाचारबाट जानकारी पाएपछि परिषद्ले त्यसबारेमा बुझिरहेको बताउँदै यस्ता विषयमा छुट्टै उजुरीसमेत आवश्यक नपर्ने र सार्वजनिक जानकारीमा आएपछि आफैं बुझ्न र अनुसन्धान गर्न मिल्ने बताउनुभएको छ ।

बिहेका लागि माग्न आएर घरमै तथा जंगलमा समेत शारीरिक सम्बन्ध राखेपछि अलपत्र छाडेर हिँडेको भन्दै अछाम कलमबजारकी १९ वर्षीया किशोरीले रामारोशनका २० वर्षीय युवकविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

गत माघ १५ को घटनामा प्रहरीले अनुसन्धान गरेपछि १० फागुनमा जिल्ला सरकारी वकिल कार्यालयले अछाम जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । नेपालमा विरलै हुने तीव्र गतिको सुनुवाइ मार्फत ३३ दिनमै फैसला दिँदै न्यायाधीश जोशीले आरोपितलाई इज्जतपूर्वक सफाइ दिँदै निवेदकलाई साढे तीन वर्ष जेल सजाय तोक्नुभएको थियो ।

मुद्दा परेपछि बिहे गर्छु भनेर शारीरिक सम्बन्ध राखेपछि अलपत्र छाडेर हिँडेका युवक थुनामा परेपछि भने म साँच्चै बिहे गर्छु, तिमीले बयान फेर भनेर दबाब आएको किशोरीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button