विश्व समाचार

चरम आर्थिक संकटपछि श्रीलंकामा संकटकाल घोषणा

आर्थिक संकटले थलिएको दक्षिण एसियाली मुलुक श्रीलंकामा महंगी र चरम अभावका कारण हिंसा भड्किन थालेपछि राष्ट्रव्यापी संकटकाल घोषणा गरिएको छ ।

अहिले श्रीलंका ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ । देशमा दैनिक १३ घण्टा लामो समयसम्म विद्युत कटौती हुने गरेको छ । इन्धनको अभाव छ, अत्यावश्यक खानेकुरा र औषधिको अभावका माझ जनताको आक्रोश नयाँ चरम विन्दुमा पुगेको छ ।

अत्यावश्यक बस्तु खरीद गर्न समे असमर्थ रहँदैआएको श्रीलंकामा चरम विदेश मुद्रा अभावले महँगी बढ्नुका साथै, इन्धन र विजुलीसमेतको अभाव भएपछि आजैदेखि लागू हुने गरी संकटकाल घोषणा गरिएको हो ।

अभावकाबीच गत बिहीबारमात्रै राजधानी कोलम्बोस्थित राष्ट्रपति गोताबाया राजापाक्षको निवास नजिकै आन्दोलनकारीले प्रदर्शन गरेका थिए । संकटकाल घोषणा भएसँगै हिंसात्मक प्रदर्शनमा संलग्नलाई वारेन्टविनै पक्राउ गर्न आदेश दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button