राजनीति

एक सय ६५ वटा निर्वाचन क्षेत्रस्तरीय रणनैतिक सडक पूर्वाधारहरुको एकसाथ शुभारम्भ

देशको भौतिक पूर्वाधार विकासमा महत्पूर्ण योगदान दिने लष्यसहित मुलुकको सामाजिक तथा आर्थिक विकासमा दूरगामी प्रभाव पार्ने १ सय ६५ वटा निर्वाचन क्षेत्रस्तरीय रणनैतिक सडक पूर्वाधारहरुको एकैपटक शुभारम्भ गरिएको छ ।



प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोह भर्चुअल माध्यमबाट शिलान्यास गरिएको हो । रु ५७ अर्ब १० करोडको लागतमा तीन वर्षमा निर्माण गर्ने गरी ती सडक सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

एक सय ६५ निर्वाचन क्षेत्रमा एक/एक वटा सडकका दरले शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवालालाई शिलन्यास गरेका सडकका काम ढिला नगर्नसमेत आग्रह गर्नुभयो ।

शनिबार राजधानीमा आयोजित एक समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले यी सडकहरुको शुभारम्भ गर्नुभएको हो । शुभारम्भपछि प्रधानमन्त्री ओलीले सडकहरुले सडक सञ्जाललाई देशको राजधानी, प्रदेशिक राजधानी, जिल्ला सदरमुकामलाई राष्ट्रिय राजमार्गसँग तथा देशभित्रका अन्य आर्थिक, व्यापारिक र पर्यटकीय केन्द्रसँग जोड्ने बताउनुभयो ।

त्यसै गरी यस कार्यक्रम अन्तर्गत देशका प्रत्येक निर्वाचन क्षेत्रमा गरी थप २२१० किलोमिटर डबल लेनका सडक कालोपत्रे हुने पनि उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले यी आयोजनाहरु सम्पन्न भएपछि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।

उहाँले सडक सञ्जाल समपन्न भएपछि यसले कृषि, उद्योग र जनताको आर्थिक जीवनमा ठूलो परिवर्तन ल्याउने बताउँदै देश विकासको मार्गमा गतिसाथ अघि बढिरहेको र कार्यतदारुकताका साथ यस कार्यक्रमलाई पनि निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

सम्बन्धित खबर

Back to top button