जन सरोकार

महिन्द्रा गाडीको सर्भिस सेन्टरमा आगलागी

ललितपुरको कुपन्डोलस्थित महिन्द्रा गाडीको सर्भिस सेन्टरमा आगलागी हुँदा रु साढे दुई करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आज बिहान भएको आगलागीमा सात गाडी, तीन स्कुटर र तीन मोटरसाइकल जलेर नष्ट भएका छन् ।

परिसरका प्रवक्ता भुवनेश्वर शाहले दिएको जानकारीअनुसार बिहान ४ः४७ मा लागेको आगो ५ः१७ बजे नै नियन्त्रणमा लिइएको भए पनि गाडी नष्ट भएका हुन् ।

आगलागीका कारण नखुलेको तर प्रारम्भिक अनुसन्धानमा ब्याट्री चार्जमा राखिएको देखिएकाले त्यसैबाट आगलागी भएको अनुमान गरिएको उहाँले बताउनुभयो ।

उहाँले घटनाको अनुसन्धान जारी रहेको र क्षतिको यकीन विवरण पनि आउन बाँकी रहेको राससलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.