जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

प्युठान र पर्सामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्युठान नगरपालिका-१ धरमपानीस्थित सडकमा खैराकोटबाट क्वाडीतर्फ जाँदै गरेको रा.१ त २४०१ नम्बरको खाली ट्याक्टरबाट लडेर चालक सोही नगरपालिका- ३ साढेखोला बस्ने ३० वर्षीय जुद्ध बहादुर कुमालको सोमबार साँझ मृत्यु भएको छ ।

लडेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै पर्सा, वीरगंज महानगरपालिका-११ श्रीपुरस्थित सडकमा भारतबाट ड्राईपोर्टको बाटो हुँदै कलैयातर्फ जाँदै गरेको बिआर २५ जिए ०४२५ नम्बरको धान लोड गरेको ट्रकबाट खसेर ट्रकका सहचालक भारत बिहार राज्य जहमावाद बस्ने ५५ वर्षीय महेश माझीको सोमबार राति मृत्यु भएको छ ।

खसेर गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.