जापान

जापान प्रवेश प्रतिबन्ध अरु कडा जापानी तथा विदेशी विशिष्ठले पनि परीक्षण गराउनुपर्ने, होटलमा बस्न चाहनेको खर्च सरकारले ब्यहोर्ने

जापानले शुक्रबारदेखि कोरोना भाइरस संक्रमण फैलिन नदिन लगाएको यात्रा प्रतिबन्ध अरु कडा बनाएको छ । ७३ देशबाट आउने यात्रुलाई प्रतिबन्ज्ध लगाएको जापानले अब विश्वको कुनै पनि मुलुकबाट आउनेले सरकारी आवास, होटल तथा अन्य कुनै पनि स्थानमा १४ दिन क्वारेन्टाइनमा बस्नैपर्ने बताएको छ ।

अप्रिलको अन्त्यसम्म लागू गरिएको पछिल्लो नियममा सरकारले विदेशबाट आउनेहरु क्वारेन्टानसम्म पुग्न सार्वजनिक यातायातका साधन प्रयोग गर्न पाइने छैन । त्यस्तै सरकारले प्रतिबन्धित घोषित गरेको अमेरिका, क्यानडा, बेलायत, चीन, दक्षिण कोरिया लगायतका ७३ देशमा १४ दिनभित्र यात्रा गरेका जो कोहीलाई जापान प्रवेशमा निषेध गरिएको छ ।

त्यस्तै यी देशबाट आएका सबै जापानी नागरिकको कोरोना भाइरस परीक्षण गरिनेछ । यो प्रक्रि,यामा जापानका विशिष्ठ प्रवेश अनुमति पाएका विदेशीलाई पनि लागू हुनेछ । यसमा जापानी नागरिकका विदेशी पत्नी पनि सामेल हुनेछन् ।

यसबीच जापानका स्वास्थ्यमन्त्री कातो कात्सुनोबुले कोरोना भाइरसको सामान्इ लक्षण देखिएका विरामीले स्थानीय सरकारी आवास, होटल वा अन्य स्थानमा स्वयं क्वारेन्टाइनमा बस्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्री कातोले हल्का वा कुनै लक्षणविना नै अस्पतालमा भर्ना गर्ने निर्णय स्थानीय सरकारलाई दिएको बताउँदै सरकारले राजधानी टोकियो र अन्य क्षेत्रमा बढ्दो संक्रमितको उपचारलाई प्राथमिकता दिन अनुरोध गर्नुभएको छ ।

मन्त्री कातोले कोरोना संक्रमितहरु वृद्धवृद्धा तथा गर्भवती महिलासंगै घरमै क्वारेन्टाइनमा बसेका छन् भने उनीहरु तुरुन्तै एक्लै बस्नुपर्ने सुझाव पनि दिनुभएको छ । उहाँले यदि संक्रमणको क्षण देखिएकाहरु होटलमा बस्न चाहन्छन् भने केन्द्र र स्थानीय सरकार मिलेर त्यसको खर्च व्यवस्था गर्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.