प्रबास

अस्ट्रेलियाले विदेशी विद्यार्थीलाई घर फर्कन भनेपछि नेपाली विद्यार्थीको अवस्था बुझ्न निर्देशन

शिक्षामन्त्री

शिक्षामन्त्री

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणका कारण अस्ट्रेलियामा रहेका विदेशी विद्यार्थीहरुलाई त्यहाँका प्रधानमन्त्रीले आआफ्नो देश फर्कन भनेपछि सरकारले नेपाली विद्यार्थीहरुको अवस्था जानकारी लिन सुरु गरेको छ ।

करबि ५८ हजार नेपाली विद्यार्थी अध्ययनरत रहेको अस्ट्रेलियामा सीमित लकडाउनका कारण काम गर्न नपाएपछि काम गरेर अध्ययन गर्ने विद्यार्थीहरु संकटमा पर्न थालेका बेला त्यहाँका प्रधानमन्त्रीले शुल्क तिर्न नसक्ने भए आफ्नै देश फर्कनु भन्ने आदेश दिएपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा सचिव महेशप्रसाद दाहाललाई निर्देशन दिनुभएको छ ।

मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले दिएको जानकारी अनुसार अस्ट्रेलियामा रहेका विद्यार्थीका बारेमा परराष्ट्र मन्त्रालय र अस्ट्रेलियामा रहेको नेपाली दूतावाससँग समन्वय गरी विद्यार्थीको यथार्थ जानकारी लिन शिक्षासचिव दाहाललाई निर्देशन दिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.