जल/वातावरण

सुदूरपश्चिममा नयाँ भेरियन्टको कोरोना संक्रमणको त्रास

दैनिक रुपमा कोरोना संक्रमित बढ्दै गएको भारतमा श्रम गर्न गएका सुदूरपश्चिमका नेपालीहरु घर फिर्ता हुने क्रम बढिरहेका बेला उताबाट आउनेहरुमा नयाँ भेरियन्टको कोरोना संक्रमण भेटिएपछि त्रास बढेको छ ।

शनिबार भारतबाट फर्केका तीन जनामा नयाँ भेरियन्टको कोरोना संक्रमण भएको छ । संक्रमितहरू कञ्चनपुर, डडेल्धुरा र डोटीका हुन् । अहिले संक्रमित तीनैजना होम आइसोलेसनमा छन् ।

कैलालीको त्रिनगर नाका हुँदै भारतबाट फर्केका उनीहरूको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले जानकारी दिनुभयो ।

एक साताअघि उनीहरूसहित २० जनाको स्वाब संकलन गरी जाँच गरिएको थियो । उनीहरूमा फेला परेको कोरोनाभाइरस कुन भेरियन्टको हो भनी परीक्षण गर्न काठमाडौं पठाइएको थियो ।

गौरीफन्टा हुँदै स्वदेश फर्केका सबैको भने कोरोना परीक्षण गरिएको छैन। नाकामा राखिएको हेल्थ डेस्कमा केहीको मात्रै एन्टिजेन र स्वाब परीक्षण गर्ने गरिएको छ ।

सम्बन्धित खबर

Back to top button