राजनीति

काठमाडौंमा समानान्तर जिल्ला कमिटी, ओलीले तमासा मात्र गरेको नेपालको आरोप

पार्टी अध्यक्षा तथा प्रधानमन्त्री केपी शर्मा ओलीसंग रुष्ट भएर समानान्तर गतिविधि गरिरहेको नेकपा एमालेको माधवकुमार नेपाल समूहले काठमाडौं जिल्लामा समानान्तर कमिटी बनाएको छ ।

आइतबार बुद्धनगरमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई गलत बाटोमा लिएको र बालुवाटारमा बसेर तमासा गरेको आरोप लगाउनुभयो । उहाँले दुई तिहाइको सरकार बनेपछि कम्युनिष्ट पार्टीले अझ राम्रो काम गर्लान् भन्ने अपेक्षा रहेको भए पनि ओली सरकारले कुनै पनि क्षेत्रमा राम्रो काम गर्न नसकेको आरोप लगाउनुभयो ।

नेता नेपालले भन्नुभयो- “कूटनीतिक सम्बन्ध, जनहित, सुशासन र भ्रष्टाचार निवारणमा केही पनि काम गर्न सकेनन् । तमासामात्र गरिरहेका छन् । एकैदिन १६५ सडकको शिलान्यास रे १ बालुवाटारमा बसेर स्वीच थिचेर शिलान्यास हुन्छ । डिपिआएर भएको छैन, बजेटको व्यवस्था छैन । नाम लेख्न पाइन्छ भनेर शिलान्यास गरेको छ । यो सब तमासामात्रै हो ।”

भेलाले वसन्त मानन्धरको नेतृत्वमा २ सय २५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो । कमिटीको उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुसुम कार्की र उपसचिवमा लक्ष्मीप्रसाद श्रेष्ठ छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.