विश्व समाचार

युक्रेनमा सम्भावित नरसंहारको सङ्केत

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार युक्रेनमा सम्भावित नरसंहारको सङ्केत देखिएको बताउनु भएको छ। रूसी सेनाले युक्रेनी नागरिकहरू विरुद्ध कीभ बाहिरको शहर बुचामा अत्याचार गरेको बताइएको छ।

उहाँले भन्नुभयो, “हामी यी युद्ध अपराधीहरूलाई सजाय दिने कुरा सुनिश्चित गर्नको लागि सबै कुरा गर्नेछौं र त्यसका लागि अदालतमा उपस्थित हुनेछौं । मानवता विरुद्धको अपराध को विरुद्धमा प्रस्तुत हुने छौँ।”

उता पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविकीले सोमबार युक्रेनमा रुसी सेनाले गरेको आक्रमणलाई “नरसंहार” को संज्ञा भन्दै त्यसबारे अन्तरराष्ट्रिय छानबिनको माग गर्नु भएको छ।

“हामी नरसंहारको यो अपराधको छानबिन गर्न अन्तरराष्ट्रिय आयोगको प्रस्ताव गर्दैछौं,” उहाँले राजधानी कीभ नजिकैको बुचा लगायतका शहरहरूमा नागरिकहरू माथि जारी हत्याको सन्दर्भमा उठाउँदै सो आग्रह गर्नु भएको हो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.