विश्व समाचार

नाइजेरियामा ११ जना बन्दुकधारी मारिए

नाइजेरियाको उत्तरी राज्य कादुनामा भएको भीडन्तमा नाइजेरियाली सेनाले ११ बन्दुकधारी मारेको सुरक्षा अधिकारीले आइतबार पुष्टि गरेका छन्।

कादुना राज्य आन्तरिक सुरक्षा तथा गृह मामिलाका आयुक्त शमुएल अरुवानले जनाएअनुसार क्लियरेन्स अपरेसनमा सेनाले राज्यको बिर्निन ग्वारी स्थानीय सरकारी क्षेत्रका थुप्रै स्थानहरूका डाकु शिविरहरू नष्ट गरेको छ । एघारजना डाकुहरू मारिएको र दुईवटा एके-४७ राइफल र त्यसमा प्रयोग हुने म्यागजिनका साथै ५७ राउन्ड गोला बारुद बरामद गरिएको सेनाले जनाएको छ ।

पछिल्ला केही महिनाहरूमा उत्तरी नाइजेरियाले यस्ता थुप्रै आक्रमणहरू भोग्न वाद्य भएका छन् जसले धेरै मानिसहरूलाई बन्धक समेत बनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.