जन सरोकार
रोकिएन कारागारमा बन्दीको मृत्यु हुने क्रम
केही दिनअघि सुनसरीको झुम्काा कारागारमा बन्दी जीवन बिताइरहेका एकजनाको मृत्यु भएको घटना सेलाउन नपाउँदै नेपालगञ्ज कारागारका एकजना कैदीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाह रहेका छन् । उनको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जनजङ्ग शाहले बताउनुभयो ।
उहाँका अनुसार बुधबार बिहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासि छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पतालमा पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मृतक जोलाह तीन महिनाअघि जबरर्जस्ती करणी मुद्दामा जिल्ला अदालतद्वारा पूर्पक्षका लागि कारागारमा कैदीको रुपमा रहदै आएका कारागार कार्यालयले जनाएको छ । गत पुस १७ गते मृतक जोलाह पूर्पक्षका लागि कारागार चलान भएका थिए ।




प्रतिक्रिया राख्नुहोस्