अर्थ
सुनको मूल्यमा पुन: नयाँ रेकर्ड, आज कति छ तोलाको ?
नेपाली बजारमा सुनको मूल्यले पुन:नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आजको बढोत्तरीपछि नयाँ रेकर्ड कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक हजारले बढेर रु एक लाख ३४ हजार तय भएको हो ।
यस्तै, तेजावी सुन तोलमा मङ्गलबार प्रतितोला रु एक लाख ३२ हजार तीन सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३३ हजार तीन सय ५० निर्धारण भएको छ ।
चाँदीको मूल्य पनि उकालो लागेको छ । बुधबार प्रतितोला रु एक हजार छ सय १० मा कारोबार भएको चाँदी आजका लागि भने रु ४० ले बढेर रु एक हजार छ सय ५० बराबरको मूल्य निर्धारण भएको छ ।




प्रतिक्रिया राख्नुहोस्