राजनीति

भावी प्रधानमन्त्रीमा देउवासंगै डा. भट्टराई र महन्थको पनि दावी

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाका लागि दलहरुबीच नयाँ सरकार गठनका लागि आवश्यक बहुमत पुर्याउनु पर्दछ । ओलीलाई अल्पमतमा पारेर नयाँ सरकारका लागि बहुमत जुटाउनु आवश्यक भए पनि नेताहरुले राजीनामा माग्ने अल्पमतमा पार्न नसक्ने अवस्था कायमै छ ।

शनिबार मात्रै नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकले आफ्नो नेतृत्वमा गठबन्धन सरकार बनाउने निर्णय गरेर पहल सुरु गरेको भए पनि अब सरकारको नेतृत्वमा जनता समाजवादी दल (जसपा)को पनि दावी देखिएको छ ।

कांग्रेसले आफ्नो नमा सतृत्वमा सरकार गठन गर्ने निर्णय गरेपछि बल्ल प्रधानमन्त्री ओलीबिरुद्ध अविश्वास प्रस्ताव आउने भो भन्दै जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले स्वागत गरे पनि लगत्तै जसपाले पनि सरकारको नेतृत्व दावी गरेपछि भावी सरकार गठनको समय अझै लम्बिने देखिएको छ ।

कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने पार्टी निर्णय लिएर वरिष्ठ नेता रामचन्द्र पौडेल देउवालाई प्रधानमन्त्री स्वीकार्न आइतबार जसपा अध्यक्ष महन्थ ठाकुर निवास पुगे पनि त्यो सफल भएन । भेटमा ठाकुरले गठबन्धन सरकार भन्ने, तर पहिल्यै आफ्नो दलको नेतृत्वमा भनेर निर्णय गर्ने भनेर असन्तुष्टि जनाउँदै गठबन्धन सरकारको नेतृत्वमा आफ्नो पार्टीको पनि दाबी रहन्छ भन्ने सन्देश दिएपछि कांग्रेस अलमलिएको छ ।

संसदको चौथो ठूलो दल हो जसपा । सबभन्दा ठूलो दल एमालेको १२१ सांसद छन् भने कांग्रेसका ६१ (निलम्बनमा परेका दुई बाहेक) र माओवादी केन्द्रका ४९ (चार जना एमाले प्रवेश गरेकाबाहेक) सांसद छन् । जसपाको ३२ (दुई निलम्बित बाहेक) सासंद छन् ।

यद्यपि सरकार गठनका लागि चाहिने बहुमत १३८ पुर्‍याउन एमाले वा कांग्रेस–माओवादी केन्द्र दुबै गठबन्धनलाई जसपाको साथ अनिवार्य चाहिन्छ ।

जसपा सांसद राजकिशोर यादव सरकारको नेतृत्वमा आफूहरुको दाबी स्वाभाविक मान्दै जसपाको नेतृत्वमा सरकार एउटा विकल्प रहेको बताउँदै भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष महन्थ ठाकुरलाई हेरिएको छ ।

सम्बन्धित खबर

Back to top button