जन सरोकार

पाटेबाघको आक्रमणबाट हात्ती माहुतेको मृत्यु

'नरभक्षी' बाघलाई मार्न नदिन अदालतमा निवेदन

'नरभक्षी' बाघलाई मार्न नदिन अदालतमा निवेदन

बर्दियामा आइतबार एकजनाको हात्ती चराउँदै गरेका माहुतेको बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट परेर मृत्यु भएको छ । घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।



गैंडा गणनामा प्रयोग गरिएको हात्तीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र घाँस काट्दै गर्दा पुलिसरामलाई आइतबार साँझ करिब पाँच बजे बाघले आक्रमण गरेको थियो । उनको सोही दिन राति आठ बजे शव फेला परेको सहायक संरक्षण अधिकृत असिम थापाले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन विष्णु प्रसाद श्रेष्ठले चौधरी गैंडा गणनामा संलग्न रहेको र हात्तीको साथ निकुञ्जमा रहेको समयमा बाघको आक्रमणबाट मारिएको बताए ।

पुलिसराम झण्डै एक दशकदेखि हात्तीसारमा कार्यरत थिए । उनलाई आक्रमण गरेको आशंकामा निकुञ्जका अधिकारीहरुले एउटा वयस्क बाघलाई डार्ट गरी नियन्त्रणमा लिएका छन् ।

सम्बन्धित खबर

Back to top button