जापान

एनआरएनए जापान कान्साईद्वारा सडक बालबालिकालाई सहयोग रकम हस्तान्तरण

सडक बालबालिकाहरुको शिक्षा तथा आवासीय व्यवस्था सहयोगार्थ गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान क्षेत्रीय समिति कान्साईले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

सडकमा वेवारिसे तथा असहाय बालबालिकाहरुको सहयोगमा कार्यतर संस्था सोवर रिकवरी ट्रिटमेन्ट तथा रिहयाबिलिटेशन सेन्टरमा आश्रित सय वढी बालबालिकाहरुको सेवाका लागि दुई लाख नेपाली रुपैयाँ सहयोग स्वरुप हस्तान्तरण गरिएको हो ।

एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी तथा कान्साई पूर्व संयोजक टिकाराम कँडेलको सहभागितामा शिक्षा, स्वास्थ्य तथा आवासीय सुविधाका लागि एक समारोहका बीच कान्साई क्षेत्रीय समिति संयोजक कृष्ण गैरेले रकम हस्तान्तरण गर्नुभएको हो ।

आर्थिक सहयोग गर्न पाएको खुसी व्यक्त गर्दै संयोजक गैरेले राज्यले चासो नदिएको अवस्थामा गैरआवासीय नेपालीका नाताले भए पनि सहयोग गरेको बताउनु भयो । रकम हस्तान्तरण पश्चात आफनो मन्तव्य राख्दै पूर्वसंयोजक टिकाराम कँडेलले ओशाकावासी नेपालीहरुको सहयोग रकम भविष्यका कर्णधारहरुका लागि हस्तान्तरण भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत यस्ता कार्यमा अग्रसर रहन शुभकामना दिनुभयो ।

यसैगरी कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीले कान्साई समितिले समग्र गैरआवासीय नेपालीहरुको प्रतिनिधित्व गरेको भन्दै आगामी दिनमा समेत यसरी विभिन्न क्षेत्रमा सहयोग जारी राख्न हातेमालो गरेर अघी बढन आग्रह गर्नुभयो ।

कार्यक्रममा एनआरएनए जापान तथा कान्साई समितिको सहयोगले आफनो कार्यमा मद्दत पुर्याएको भन्दै रिहयाबिलिटेशन सेन्टरका संचालक तथा बालबालिकाहरुले समेत धन्यवाद ज्ञापन गरेका थिए ।

सम्बन्धित खबर

Back to top button