जल/वातावरण

दुई सय ६६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा उपत्यकामा एक सय ३७

नेपालमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १ सय ३७ जना राजधानी उपत्यकाका छन ।

मन्त्रालयका अनुसार ४ हजार ५ सय ३६ जनामा गरिएको परीक्षणमा सो संख्याको संक्रमित थपिएका हुन् । यो संख्या अघिल्लो दिनको भन्दा ९० जना बढी हो । आइतबार ३४५६ जनामा परीक्षण गर्दा १ सय ७६ जना संक्रमित भेटिएका थिए ।

काठमाडौंमा ९८, ललितपुरमा २६, भक्तपुरमा १३, चितवनमा ३७ र कास्कीमा १९ जना संक्रमित भेटिएका छन् । आइतबार काठमाडौंमा ८७, ललितपुरमा ८ र भक्तपुरमा ४ गरी उपत्यकामा ९९ जना संक्रमित भेटिएका थिए । काठमाडौं जिल्लापछि सबैभन्दा धेरै कास्कीमा २४ जना संक्रमित भेटिएका थिए ।

नेपालमा हालसम्म संक्रमितको संख्या २ लाख ७८ हजार २१० रहेको छ । जसमध्ये २ लाख ७३ हजार ३४२ जना निको भएका छन् । कोरोना संक्रमणका कारण हालसम्म ३०३६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।

काठमाडौं प्रवेश गर्न एन्टीजेन अनिवार्य, क्वारेन्टाइन/आइशोलेसन दुरुन्त राख्न निर्देशन

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.